:- मान्छेहरु भन्छन बाच्ने रहर, जागेर आउँछ,
आफ्नो त हासो पनि पैचो, मागेर आउँछ,,
जब तिमिले छोडेको दिन सम्झिन्छु झल्झली
आफै पर्ती निक्कै माया, लागेर आउँछ ,,,,,
:- चलचित्रको प्रदामा जस्तै , उन्को अनि मेरो बिगत एका एक झझल्की रहन्छ , कत्ती मीठो गरि बोल्दिरैछ उ झुट पनि ऐले सोचिरहन्छु, म कत्ती बुध्दु रैछु , अनि कत्ती बिस्वास गरेको रैछु उस्लाइ , फेरि आँखा बाट आँसु बग्न थाल्दछ , कति कमजोर दिल छ म भित्र , जस्ले कहिल्लै नबिर्सनी गरि चोट दिएर गएको छ उसैलाइ सम्झेर म मेरा आँसु बगाइ रहन्छु , लाग्छ मेरो आँखा मात्र नभइ सागर पनि हो , जहाबाट आँसु बगिरहन्छ र बगेर कैले सकिने छैन ,,,,,,,,
आज उस्लाइ नपाएर त्यति दुख लाग्दैन जत्ती दुख उस्ले मलाइ माया गर्छु भनेर म सङ्ग खेल खेलेकी रैछ भनेर सम्झदा लाग्छ ,,,
जब चुरोटका धुवाहरु सङ्गै रक्सिका बोतलहरु निखारिदै जान्छन म आफुलाइ बेहोसी महसुस गर्छु , चाहे बेहोसिमा हु या होसमै म प्राय उस्लाइ नै सम्झिरहेको हुन्छु , अनि यस्तो लाग्छ , म केबल बाहिर बाट नजलेको लास मात्र हु तर मन जलाइरहेको छु , जलिरहेको छु ,,,,,
सोच्छु मान्छेहरु कसरी यत्ती धेरै खुसी हुन सक्छन जो मेरो भाग्यमा कहिल्लै अटाउनै सकेन ! सायद उनिहरुले जिन्दगि पाएको हुनुपर्छ गन्तव्य पाएको हुनुपर्छ , तर मत अलपत्र परेको छु , मेरो खुसी त अरु सङ्गै हराइरहेको छ , धेरै पटक नसोचेको पनि होइन , कसैको हात थामु , छोडिदिन्छु तिमी र तिम्रा यादहरुलाइ ! तर जुन मनले तिमिलाइ रोज्यो त्यो मन अरुलाइ दिन पनि त सक्दिन ,
एक्लिएर पनि अधुरो नभयका मेरा अतीत पर्ती दिक्क लाग्छ , अनि खोतल्न थाल्छु ती नामहरु ती तस्बिरहरु , तिम्रो हसिलो मुस्कान देखेर केही छिन मनमा सितल त पर्छ , तर फेरि बल्झिदै जान्छु म त्यही नसामा तिम्रा यादहरुमा अनि उडाउदै जान्छु चुरोटको धुवामा ती तिम्रा सम्झनाहरुलाइ ,,,,,,,
:-अन्तिम चोटि भएपनी ,भेट्न मन लाग्यो
घाइते मुटु उन्कै सामु, रेट्न मन लाग्यो
आसुका ती बहार हरु टल्किदा परेलिमा ,,,
हृदयको उन्को तस्बिर, मेट्न मन लाग्यो ,,,
:-बिस्नु खनाल बिशु
No comments:
Post a Comment