;- सके सम्म खोजी खोजी, नामि पठाउनु,
कस्तो छ मुटु बलियो चाहिँ, छामी पठाउनु,
यो मायाको खेल हो , जे पनि हुन सक्छ,
केही डाक्टर साथमा केही , मलामी पठाउनु
सके सम्म खोजी खोजी, नामि पठाउनु,,,,,,
• -किन किन आज फेरि उसै गरि Facebook को surch बक्समा गयर उहि नाम सर्च गर्न मन लाग्यो जुन नाम सङ्ग मेरो बिगत जोडिएको थियो , जुन नाम सङ्ग मेरो सपना जोडिएको थियो , हो त्यही नाम आज अनजाम भयको छ , अझ भनौ message block list मा परेको छ , थाहा छैन दोष के मा थियो , थाहा छैन भुल के मा भयको थियो , मलाइ राम्रो सङ्ग थाहा छ की अब त्यो नाम बाट message कैले आउने छैन तर पनि पर्खाइ त्यहि नाम बाट आउने message को हुन्छ, मेरो facebook message बक्समा रातो नोटिफिकेसन देख्दा पनि त्यही नाम बाट पो message आयो कि भन्ने भान हुन्छ, तर बिडम्बना त्यो नाम बाट message कैले नआउनि भयको छ , हो त्यही नाम उसै गरि सर्च गर्न मन लाग्यो र सर्च बक्समा गयर उनको नाम लेखेर click गरे , निलो कुर्तामा मुस्कुराइ रहेको उसको प्रोफाइल फोटो देखियो , किन किन त्यो फोटो लाई जुम गरि गरि हेर्न मन लाग्यो खै कुन्नि किन हो आज त्यो फोटोलाइ जति हेरे पनि धित मर्दै मरेन , आँखा थाक्दै थाकेन , मन भरिदै भरियन ,,
बिस्तारै तस्बिर बाट नजर उठाय अनि बायो तिर आँखा लगे , लेखियको थियो " ढुङ्गाको दिल लिएर उभियको छु , ज्यादा नजिक बन्ने कोसिस नगर्नुहोला चोट आफैलाइ लाग्न सक्छ,"
उस्को बायो ले मन चसक्क बिजायो , बिस्तारै आँखा तलतिर सारे , status मा लेखियको थियो " in a relationship " ,,,,,,,,,
फेरि मन चस्कियो धडकनले आफ्नो चाल घटायो बिस्तारै सासले पनि विश्राम लिन चाहेझै गर्यो , आत्तियर चिच्याय , तर अपसोच मेरो त्यो चिच्चाहट सुन्ने कोहि थियन , मेरो मनको पीडा बुझिदिने मान्छे कोहि थियन , धित मरुन्जेल रोय , आँखा बाट आँसु सकुन्जेल रोय ,,
आफ्नो मन लाई आफै सम्झाउने कोसिस नगरेको पनि होइन , जिन्दगिको गोरेटोमा धेरै मान्छे सङ्ग भेट हुन्छ , र तैले खोजेको मान्छे त्यो हैन भन्दै आफ्नै मनलाइ सानो बेलामा रुदा आमाले मलाइ चकलेट देखाएर फकाए जसरी यो मनलाइ फकाउने कोसिस नगरेको पनि होइन , तर यो मेरो मन कहाँ मेरो होर यो मन त उसैको पो हो क्यार , अनि कहाँ फकिदो रैछ र यो उस्को मन ,,,,
थाहा छैन यसै गरि कत्ती रात बिते , अझै कत्ती रात बित्नेवाला छ्न् ,,,,
:- बल्झिने थियन घाउ , खत नभए ,
सम्झिनलाइ तितो , बिगत नभए ,
याद पीडा बनी आउने थियन पक्कै ,
तिम्रै यादमा टोलाइरहने , आदत नभए ,,
बल्झिने थियन घाउ , खत नभए ,,,,,!!!
- बिस्नु खनाल बिशु
No comments:
Post a Comment