:- जिन्दगी को गोरेटोमा धेरै मान्छेहरु सङ्ग भेट भयो , र अझै कत्ती मान्छे सङ्ग भेटहुन्छ , र ती सबै सङ्ग को समन्ध एउटै हुदैन र रहदैन पनि , हरेक मान्छेको चाहाना एउटै हुन्छ आफ्नो मन ले चाहेजस्तो मान्छे सङ्ग भेट होस र भेट भैसकेको छ भने त्यो सङ्ग को समन्ध रैरहोस र अझ प्रघाट बन्दै जाओस ! सबैको मन त एउटै हुन्छ तर ती सबै मनहरुले एउटै कुरा कहाँ सोच्दो रहेछर , र ती सब्बै मनहरुको एउटै बिचार कहाँ हुन्छर , बल्ल तल्ल एउटा मन ले अर्को आफुसङ्ग मिल्ने मन भेटाएको हुन्छ ,र उस्को चाहाना राख्न थाल्दछ !
अनि यस्तो महसुस हुन्छकी उसको बानि परिसकेको छ मलाइ ,अरु चिजको नसा हैन तिम्रै नसामा डुब्न मन लागेको छ , र कुलतमा हैन तिम्रै त्यो मायामा फस्न मन लागेको छ ,
थाहा छैन तिम्ले मलाइ कसरि चिनेकी छौ र कुन नजरले हेर्ने गरेकी छौ , तर मत तिमिलाइ चाहन लागेछु , यस्तो लाग्छ तिमी मेरो जिबनको एक हिस्सा हौ , अझ एस्तो लाग्छ, तिमी मेरो शरिरकै एक अङ्ग हौ !!
तिमी म सङ्ग नबोली बस्दा मलाइ गार्हो हुन्छ , अझ तिमी अरु सङ्ग बोल्दा मलाइ डाह हुन्छ , तिमी यस्लाइ माया भन्छौकी भन्दैनौ , मलाइ थाह छैन तर मलाइ तिमी सङ्गको जस्तो feelings अरु कसै सङ्ग हुदैन ,!!!
थाहाछैन तिमिले आकर्षण लाई माया भन्छौकी भन्दैनौ , तर मत तिम्रो हर कुरामा आकर्षण भयको छु , मत तिम्रो बिचार सङ्ग आकर्षण भयको छु तिम्रो मन्को धडकन सङ्ग आकर्षण भयको छु , तिम्रो आँखा को गहिराइ सङ्ग आकर्षण भयको छु, अझ भनौ मत तिम्रो नसालु हेराइ सङ्ग आकर्षण भयको छु, र यी सब्बै कुराले मेरो मन हर्सिद र गढ गढ हुन्छ , र यस्लाइ म मायाको सङज्ञा यस अर्थ दिन्छु कि यी सब्बै कुरा म अरु मान्छेबाट पाउदिन र तिमिलाइ गुमाउन पनि चाहदिन !!
तर अक्सर त्यही मान्छेले दिल टुटाउछ , र भन्ने गर्छ , मैले तिमिलाइ त्यो नजरले कैले हेरिन तिमित मेरो मात्र साथी ,,,,,, मेरो प्रस्न के साथिलाइ माया गर्न हुदैनर , के हामिले माया अन्जान ब्यक्तिलाइ मात्रा गर्नु पर्छर ,,?????
- - बिस्नु खनाल
No comments:
Post a Comment